एसईईको नतिजा प्रकाशित

नौलो समाचार संवाददाता
२०७८ श्रावण २३, शनिबार मा प्रकाशित ३४३ पटक पढिएको
एसईईको नतिजा प्रकाशित

साउन २३, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डको बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ ।

कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो। गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

परीक्षाको नतिजा बोर्डको वेबसाइट www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ ।

तल सूचनामा उल्लेख भएअनुसार वेबसाइट तथा एसएमएसमार्फत नतिजा हेर्न सकिने बाेर्डले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस