काभ्रेमा आज ११ जना संक्रमित थपिदा, ४१ जना निको भए

१ जनाको मृत्यु 
नौलो समाचार संवाददाता
२०७८ श्रावण २३, शनिबार मा प्रकाशित ४३६ पटक पढिएको
काभ्रेमा आज ११ जना संक्रमित थपिदा, ४१ जना निको भए

साउन २३, काभ्रे। काभ्रेमा ११ जना संक्रमित थपिएका छन्। आज (शनिबार) जिल्लाभर ४१ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ७९४ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर १९९ जना, धुलिखेलमा १६२, पनौतीमा १४०, पाँचखालमा ११३, नमोबुद्धमा ७५, मण्डनदेउपुरमा ४८ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २१ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ११ जना संक्रमित मध्ये एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ८, बनेपामा ३ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार १६४ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा काभ्रेमा १ जनाको संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपाका ८३ वर्षीय पुरुषको भूमि अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस