साउन २४, काभ्रे। काभ्रेमा कोभिशिल्डको खोपको दोस्रो मात्रा (डोज) खोप लगाइने भएको छ। कोभिशिल्ड खोपको पहिलो मात्रा (डोज) लागएर दोश्रो डोज कुरिरहेका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप लगाउन लागिएको हो।
२०७७ साल फागुन २३ देखि २९ गतेसम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई यहि साउन २५ र २६ गते दोस्रो डोजको खोप लगाइने बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो।
खोपका लागि सम्बन्धी नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
खोप लगाउन जाँदा यस अघि पहिलो डोज खोप लगाएको कार्ड लिएर जान स्वास्थ्य कार्यालय काभ्रेले भनेको छ ।
त्यस्तै मास्कको अनिर्वाय प्रयोग गर्न र खोप केन्द्रमा भिडभाड नगर्न कार्यालयले आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालय काभ्रेद्वारा जारी सूचना
प्रतिक्रिया दिनुहोस