एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ जना संक्रमित

नौलो समाचार संवाददाता
२०७८ श्रावण २४, आईतबार मा प्रकाशित ६८० पटक पढिएको
एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, २५ सय ४८ जना संक्रमित

साउन २४, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आज (आइतबार) थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा गरी ९ हजा ३३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ३ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस