साउन २४, काभ्रे। काभ्रेमा ११० जना संक्रमित निको भएका छन्। आज (आईतबार) जिल्लाभर ४० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।
यस्तै आज जिल्लामा ७२४ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै आज काभ्रेमा थपिएका ४० जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा १३ जना, मण्डनदेउपुरमा १२, धुलिखेलमा ६, भुम्लु गाउँपालिकामा ३ जना, तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा २, तेमालामा ३ र रोशीमा १ जना रहेका छन्।
पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर १९७ जना, धुलिखेलमा १४५, पनौतीमा १०१, पाँचखालमा ९१, नमोबुद्धमा ७६, मण्डनदेउपुरमा ५२ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २४ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।
यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार २०४ पुगेको कार्यालयले जनाएको छ।
थप विवरण हेर्नुहोस:-
प्रतिक्रिया दिनुहोस