लोकसेवा आयोगका कुनै पनि परीक्षा स्थगित नहुने

नौलो समाचार संवाददाता
२०७८ श्रावण २५, सोमबार मा प्रकाशित ५९५ पटक पढिएको
लोकसेवा आयोगका कुनै पनि परीक्षा स्थगित नहुने

साउन २५, काठमाडौँ। लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जनाएको छ ।

आयोगले तालिका प्रकाशित गरिसेकेका कुनै पनि परीक्षा स्थगित नगर्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जनाकारी दिनुभयो।

उहाँका अनुसार अहिले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् । अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने उहाँले बताउनुभयो।

आयोगले साउन १५ गतेदेखि प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस