काभ्रेमा आज ७५ जना संक्रमित थपिदा, ७८ जना निको भए

८ हजार ११ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण २५, सोमबार मा प्रकाशित ५२३ पटक पढिएको
काभ्रेमा आज ७५ जना संक्रमित थपिदा, ७८ जना निको भए

साउन २५, काभ्रे। काभ्रेमा ७५ जना संक्रमित थपिएका छन्। आज (सोमबार) जिल्लाभर ७८ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ७२१ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ७५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १२ जना, धुलिखेलमा ९, पनौतीमा ८, पाँचखालमा ५, मण्डनदेउपुरमा १, नमोबुद्धमा १, बेथानचोकमा २ जना, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा २२ जना, पाँचखालमा ८, नमोबुद्धमा ५, बेथानाचोकमा १, तेमालामा १ जना रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर १९८ जना, धुलिखेलमा १३२, पनौतीमा १०५, पाँचखालमा १०३, नमोबुद्धमा ८२, मण्डनदेउपुरमा ४१ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २४ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार २८० पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा काभ्रेमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पाँचखाल-९ का ५६ वर्षीय पुरुषको नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

८०११ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा ८ हजार ११ जनाले कोभिसिल्डको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोभिशिल्ड खोपको पहिलो मात्रा (डोज) लागएर दोश्रो डोज कुरिरहेका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप लगाईएको हो।

२०७७ साल फागुन २३ देखि २९ गतेसम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई आज र भोलि दोस्रो डोजको खोप लगाइने बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ४६ हजार ६ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस