देशभर थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २५, सोमबार मा प्रकाशित ३३३ पटक पढिएको
देशभर थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु

साउन २५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाामा १७ सय ८४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ ।


प्रतिक्रिया दिनुहोस