काभ्रेमा बढे संक्रमित: आज १०८ जना संक्रमित थपिदा, ५६ जना निको भए

३ हजार १ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण २६, मंगलबार मा प्रकाशित १०१० पटक पढिएको
काभ्रेमा बढे संक्रमित: आज १०८ जना संक्रमित थपिदा, ५६ जना निको भए

साउन २६, काभ्रे। काभ्रेमा १०८ जना संक्रमित थपिएका छन्। आज (मंगलबार) जिल्लाभर ५६ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ७७२ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १०८ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३४ जना, धुलिखेलमा ३३, पनौतीमा ८, पाँचखालमा १, मण्डनदेउपुरमा ५, नमोबुद्धमा ३, चौरीदेउरालीमा २, खानीखोलामा १, महाभारतमा २ जना, तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा ७, नमोबुद्धमा ५, पनौतीमा ४, बनेपामा २, रोशीमा १ जना रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर २२४ जना, धुलिखेलमा १४५, पनौतीमा १००, पाँचखालमा १०९, नमोबुद्धमा ८५, मण्डनदेउपुरमा ४५ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २४ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ३८८ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु

कोरोना संक्रमणका कारण काभ्रेका १ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपाका ७३ वर्षीय महिलाको एपीएफ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

३००१ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा ३ हजार १ जनाले कोभिसिल्डको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोभिशिल्ड खोपको पहिलो मात्रा (डोज) लागएर दोश्रो डोज कुरिरहेका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप लगाईएको हो।

२०७७ साल फागुन २३ देखि २९ गतेसम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई आज र भोलि दोस्रो डोजको खोप लगाइने बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ४९ हजार ७ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस