एकैदिन ४ हजार ९०४ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २६, मंगलबार मा प्रकाशित ४१४ पटक पढिएको
एकैदिन ४ हजार ९०४ कोरोना संक्रमित थपिए, ३५ को मृत्यु

साउन २६, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस