काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

नौलो समाचार संवाददाता
२०७८ श्रावण २६, मंगलबार मा प्रकाशित ७८४ पटक पढिएको
काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

साउन २६, काठमाडौ। काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले बिहिबारदेखि राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो।

कोरोना संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारी साधन चल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताउनुभयो। उहाँले रातिको समयमा धेरै सवारी साधन गुड्न थालेको भन्दै सो निर्णय गरेको जानकारी दिनुभयो।

८ बजेपछि होटेल रेष्टुरेष्टमा मानिस सवारी लिएर गएको पाइएको र यसले संक्रमण बढाएको बताउदै निरौलाले राति ८ बजेदेखि लागू हुने यो नियम अर्को दिन बिहान कतिबेलासम्म लागू हुने हो भन्नेबारे भने उहाँले खुलाउनु भएन।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ। वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ। अहिले जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ। अरू निर्णयहरू साबिककै भएको प्रजिअ निरौलाले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस