काभ्रेमा भोलिबाट ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईने

नौलो समाचार संवाददाता
२०७८ श्रावण २७, बुधबार मा प्रकाशित ४६३ पटक पढिएको
काभ्रेमा भोलिबाट ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईने

साउन २७, काभ्रे। काभ्रेमा भोलि बिहीबारबाट भेरोसेल खोपको दोस्रो डोज लगाईने भएको छ। एक सूचना जारी गर्दै स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले यहि भोलि साउन २८ गतेबाट काभ्रेका सबै पालिकामा भेरोसेल खोपको दोस्रो डोज लगाईने जानकारी दिनुभएको हो।

२०७८ असार २८ गतेदेखि विभिन्न मितिमा भेरोसेलको पहिलो डोज लगाएका सम्पूर्ण नागरिकलाई भोलि बिहीबारबाट आफ्नो नगरपालिका वा गाउँपालिकाको खोप केन्द्रमा गएर खोप लगाउन भनिएको छ।

खोप लगाउन जाँदा यस अघि लगाएको खोप कार्ड भने साथै लैजानु पर्ने हुन्छ । काभ्रेमा भेरोसेल खोपको पहिलो डोज लगाउनेको संख्या ५३ हजार छ । जस मध्य ९ हजार १८४ जनाले मात्रै दोस्रो डोज लगाएका छन् ।

खोप लिन जादा अनिवार्य मस्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र खोप कार्ड लिएर जान भनिएको छ।


प्रतिक्रिया दिनुहोस