काभ्रेमा आज ९९ जना निको भए, ३३ जना संक्रमित थपिए

३०८ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण २७, बुधबार मा प्रकाशित ४४४ पटक पढिएको
काभ्रेमा आज ९९ जना निको भए, ३३ जना संक्रमित थपिए

साउन २७, काभ्रे। काभ्रेमा आज ९९ जना संक्रमित  उपचार पछी निको भएका छन्। आज जिल्लाभर ३३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ७०६ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ३३ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १ जना, धुलिखेलमा ३ जना तथा एन्टीजेन परिक्षणबाट पनौतीमा १७ जना, नमोबुद्धमा ८, बेथानाचोकमा ४ जना रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर २०४ जना, धुलिखेलमा १२८, पनौतीमा १०२, नमोबुद्धमा ८९, पाँचखालमा ८०, मण्डनदेउपुरमा ४५ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २३ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ४२१ पुगेको कार्यालयले जनाएको छ।

३०८ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा ३०८ जनाले कोभिसिल्डको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोभिशिल्ड खोपको पहिलो मात्रा (डोज) लागएर दोश्रो डोज कुरिरहेका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप लगाईएको हो।

२०७७ साल फागुन २३ देखि २९ गतेसम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोजको खोप लगाईएको बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ४९ हजार ९४९ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस