नेपालको ऊर्जा क्षेत्रलाई अझ ‘हाइट’ मा लाने गरी काम गर्छु : कुलमान घिसिङ

नौलो समाचार संवाददाता
२०७८ श्रावण २७, बुधबार मा प्रकाशित ३६५ पटक पढिएको
नेपालको ऊर्जा क्षेत्रलाई अझ ‘हाइट’ मा लाने गरी काम गर्छु : कुलमान घिसिङ
sf7df8f}F, @& ;fpgM gjlgo’Qm l3l;ª kbef/ ;DxfNb} g]kfn ljB’t k|flws/0fsf gjlgo’Qm sfo{sf/L lgb]{zs s’ndfg l3l;ª a’waf/ sfof{nodf kbef/ ;DxfNb} . tl:a/M k|bLk/fh jGt÷/f;;

साउन २७, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले दिएको निर्देशनअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बुधवार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले सरकारले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रको हाइटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

आम नागरिककाे अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि याे जिम्मेवारी दिएको उल्लेख गर्दै नवनियुक्त कार्यकारी निर्देशक घिसिङले सरकारले दिएको जिम्मेवारी पुरा गर्दै नेपालको ऊर्जा क्षेत्रलाई अझ हाइटमा लाने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई नागरिककाे अपेक्षाअनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पार्नुभयो । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उहाँको योजना छ ।

घिसिङले हितेन्द्रदेव शाक्यलाई पनि सरकारले ऊर्जा आयोगमा लगेर सम्मान गरेको बताउनुभयो । उहाँले आफूले ठूलो चुनौती मोलेर प्राधिकरणको दोस्रो कार्यकालको जिम्मेवारी लिएको उल्लेख गर्दै कसैको टिकाटिप्पणी नगरि काम गर्ने पनि बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस