परीक्षा दिने विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने

नौलो समाचार संवाददाता
२०७८ श्रावण २७, बुधबार मा प्रकाशित ७२२ पटक पढिएको
परीक्षा दिने विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन पाउने

साउन २७, काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप परीक्षामा सहभागी हुने विद्यार्थीले प्रवेश पत्र देखाएर लगाउन पाउने भएका छन् ।

कोरोना महामारीकाबीच परीक्षा सञ्चालन भइरहेकोमा विरोध भइरहेका बेला सरकारले परीक्षार्थीलाई खोप लगाउने व्यवस्था गरेको हो ।

यसका लागि स्वास्थ्य मन्त्रालयले प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीका लागि कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाएको छ । महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी विज्ञहरूले दिइरहेका बेला साउन ३१ गतेबाट हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भइसकेको छ ।

त्रिभुवन विश्वविधालयले भने स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू भने सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्मका लागि निर्धारित परीक्षाहरू नरोकिने त्रिविले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस