देशभर ३ हजार ४८१ कोरोना संक्रमित थपिए, ३० को मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २७, बुधबार मा प्रकाशित ४६० पटक पढिएको
देशभर ३ हजार ४८१ कोरोना संक्रमित थपिए, ३० को मृत्यु

साउन २७, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८६५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८८५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस