पनौतीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २८, बिहिबार मा प्रकाशित १०४३ पटक पढिएको

पनौतीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु

साउन २८, काभ्रे। “नेपाल मास्क अभियान” अन्तर्गत पनौतीमा पनि ‘तपाईको मास्क खै?’ कार्यक्रमको आयोजना गरिएको छ। आज पनौती बस पार्कबाट जनचेतनामुलक सन्देश सहित बजारका विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो।

प्रहरी चौकी पनौतीको आयोजना तथा ईलाका प्रहरी कार्यालय बनेपाको सहकार्यमा ‘तपाईको मास्क खै?’ कार्यक्रमको आयोजना गरिएको हो।

पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरिक्षक सन्तोष बनियाँ, ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोइराला, सम्माजसेवी तथा पत्रकारहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।

जनचेतनामुलक प्रभातफेरी कार्यक्रममा नगर प्रमुख न्यौपानेले मास्क नलगाई हिडेका नगरवासीहरुलाई मास्क वितरण गर्नुभएको थियो।

जनचेतनामुलक कार्यक्रमकै क्रममा पाँच सय भन्दा बढीलाई मास्क वितरण गरिएको छ।

सरकारले गत शनिबारदेखि मास्क अभियान शुरु गरेसंगै काभ्रे जिल्लाका विभिन्न पालिकाहरुमा मास्क अभियान शुरु गरिएको छ।

कोभिड-१९ को संक्रमण दर पुन: बढ्दै जानु तर जनमानसमा मास्क लगाउने प्रवृत्ति घट्दै जानुले निकट भबिष्यमा कोरोना संक्रमण दर तिव्र रुपले वृद्धि हुनसक्ने कुरालाई मध्यनजर गर्दै ‘तपाईको मास्क खै?’ कार्यक्रमको सुरुवात गरिएको प्रहरी चौकी पनौतीका इन्चार्ज प्रहरी नायब निरिक्षक सन्तोष बनियाँले जानकारी दिनुभयो।

‘तपाईको मास्क खै?’ कार्यक्रमलाई निरन्तरता दिईने र मास्कको अनिवार्य प्रयोग गर्न जनमानसमा आव्हान गरिरहने प्रहरी नायब निरिक्षक बनियाँले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस