काभ्रेमा आज ५५ जना संक्रमित थपिदा, ७६ जना निको भए

१ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ श्रावण २८, बिहिबार मा प्रकाशित ७५५ पटक पढिएको
काभ्रेमा आज ५५ जना संक्रमित थपिदा, ७६ जना निको भए

साउन २८, काभ्रे। काभ्रेमा आज ५५ जना संक्रमित थपिएका छन्। आज जिल्लाभर ७६ जना नयाँ संक्रमित उपचारपछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ६८५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ५५ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, धुलिखेलमा २४, पनौतीमा ३, पाँचखालमा २, मण्डनदेउपुरमा १ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १९ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ४७७ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

कोरोना संक्रमणका कारण काभ्रेमा आज १ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपाका ७४ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस