संक्रमित बढेसंगै काभ्रे प्रशासनले ‘बार’ अनुसार सेवा दिने

नौलो समाचार संवाददाता
२०७८ श्रावण २८, बिहिबार मा प्रकाशित १२२५ पटक पढिएको
संक्रमित बढेसंगै काभ्रे प्रशासनले ‘बार’ अनुसार सेवा दिने

साउन २८, काभ्रे। काभ्रे जिल्ला प्रशासन कार्यालय काभ्रेले बार अनुसार सेवा दिने भएको छ।  काभ्रेमा पनि कोरोना संक्रमितको दर बढ्दै गएपछि जिल्लाका विभिन्न पालिकाहरुको सेवाग्राहीका लागि बार तोकेको हो।

आज (बिहिबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले धुलिखेल, पाँचखाल, पनौती, मण्डनदेउपुर, बनेपा र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीलाई हप्तामा ३/३ दिनका दरले सेवा दिने जनाएको छ।

यस्तै गाउँपालिकाहरुको हकमा भने यो नियम लागुहुने छैन, गाउँपालिकाहरुका सेवाग्राहीले भने हरेक दिन जिल्ला प्रशासनको सेवा लिन सक्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका र पनौती नगरपालिकाका सेवाग्राहीले आईतबार, मंगलबार र बिहीबार सेवा लिन पाउनेछन् ।

त्यस्तै मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीले सोमबार, बुधबार र शुक्रबार सेवा लिन पाउने सोचानामा जनाईएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी सूचना :-


प्रतिक्रिया दिनुहोस