देशभर ३ हजार २६० संक्रमित थपिए, ३२ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २८, बिहिबार मा प्रकाशित ४०५ पटक पढिएको
देशभर ३ हजार २६० संक्रमित थपिए, ३२ जनाको मृत्यु

साउन २८, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३२ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ७७ हजार ३ सय ७७ संक्रमणमुक्त भएका छन् ।

हालसम्म निको हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको मन्त्रालयले जनएको छ ।

हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ ।


प्रतिक्रिया दिनुहोस