काभ्रेमा आज ५४ संक्रमित थपिदा, ५४ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित १२३३ पटक पढिएको
काभ्रेमा आज ५४ संक्रमित थपिदा, ५४ जना निको भए

साउन २९, काभ्रे। काभ्रेमा आज ५४ जना संक्रमित थपिएका छन्। आज जिल्लाभर ५४ जना नयाँ संक्रमित उपचारपछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ६८५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ५४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १० जना, धुलिखेलमा ११, पनौतीमा १, मण्डनदेउपुरमा ३, बेथानाचोकमा १, भुम्लुमा १ जना तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ११ जना, बनेपामा ५, पनौतीमा ४, पाँचखालमा ७ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ५३१ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस