काभ्रेमा आज ६ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित ५१८ पटक पढिएको
काभ्रेमा आज ६ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप

साउन २८, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (शुक्रबार) जिल्लाका विभिन्न पालिकामा गरी जम्मा ६ हजार ७६०  जनाले भेरोसेल र कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका छन्।

२०७८ असार २८ गतेदेखि विभिन्न मितिमा भेरोसेलको पहिलो डोज लगाएका सम्पूर्ण नागरिकलाई दोश्रो डोजको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभएको हो।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकामा २ हजार २११ जनाले खोप लगाएका छन् भने पनौतीमा ३८४ जना, धुलिखेलमा ७००, पाँचखालमा ५४२, नमोबुद्धमा ७३२, मण्डनदेउपुरमा ४१४, रोशी गाउँपालिकामा ६५६, भुम्लुमा २१६, चौरिदेउरालीमा १६०, तेमालामा १९२, बेथानाचोकमा ३०९, खानीखोलामा ९३, जना गरी जम्मा ६ हजार ६०९ जनाले खोप लगाईएको छ।

यस्तै, कोभिशिल्ड खोपको पहिलो मात्रा (डोज) लागएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई  दोश्रो डोजको खोप पनि जारी रहेको छ। आज खानीखोला गाउँपालिकामा गरी जम्मा १५१ जना जेष्ठ नागरिकले कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाएका छन्।

२०७७ साल फागुन २३ देखि २९ गतेसम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोजको खोप लगाईएको बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ७३ हजार २३६ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस