आज देशभर थपिए ३९ सय १५ संक्रमित, २७ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित १११७ पटक पढिएको
आज देशभर थपिए ३९ सय १५ संक्रमित, २७ जनाको मृत्यु

साउन २९, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जना कोरोना संक्रमित थपिएका छन् ।

१८ हजार ५८२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परिक्षण गर्दा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ७९९, ललितपुर १२८ र भक्तपुरमा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । देशभर हालसम्म ३८ हजार ७९८ जना सक्रिय संक्रमित छन् ।

जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा, ३ हजार २८० जना संस्थागत आइसोलेसनमा , ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस