सानिमा लाइफको आइपीओ, ५ लाख ४० हजारले पाए १०-१० कित्ता

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित १३१३ पटक पढिएको
सानिमा लाइफको आइपीओ, ५ लाख ४० हजारले पाए १०-१० कित्ता

साउन ३०, काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ।

आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १०-१० कित्ता सेयर पाएका छन् । आवेदन दिएका २४ लाख १९ हजार ८४८ मध्ये २३ लाख ८ हजार १२२ आवेदनमा योग्य ठहरिएका थिए।

जसमा ५ लाख ४० हजारले १०-१० कित्ता सेयर पाउँदा १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि भएको छ । कम्पनीको सेयर साउन २० देखि २४ गतेसम्म निष्काशन भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस