काभ्रेमा आज ५० जना निको भए, ८ जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ८५५ पटक पढिएको
काभ्रेमा आज ५० जना निको भए, ८ जना संक्रमित थपिए

साउन ३०, काभ्रे। काभ्रेमा आज ५० जना संक्रमित उपचार पछी निको भएका छन्। आज जिल्लाभर जम्मा ८ जना मात्र नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ६४३ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ८ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट पाँचखाल नगरपालिकामा १ जना तथा एन्टीजेन परिक्षणबाट पनौतीमा ५ जना र बनेपामा २ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ५३९ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस