काभ्रेको खानीखोलामा आज करिब ८ सय जनाले लगाए कोरोना बिरुद्धको खोप 

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ११४३ पटक पढिएको
काभ्रेको खानीखोलामा आज करिब ८ सय जनाले लगाए कोरोना बिरुद्धको खोप 

साउन ३०, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (शनिबार) जिल्लाको खानीखोला गाउँपालिकामा जम्मा ७ सय ९४ जनाले भेरोसेल र कोभिसिल्ड खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार खानीखोला गाउँपालिकाको मात्र खोप विवरण प्राप्त भएको जानकारी दिनुभएको छ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज खानीखोला गाउँपालिकामा ५३४ जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। यस्तै, खानीखोला गाउँपालिकामै भेरोसेल खोपको दोश्रो मात्र लगाउनेको संख्या ३०२ रहेको छ। यस्तै कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाउनेको संख्या भने ५७ जना रहेको छ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ७४ हजार ४१९ जना रहेको छ।

प्रतिक्रिया दिनुहोस