२६ सय २४ जनामा कोभिड संक्रमण, २० जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ७२९ पटक पढिएको
२६ सय २४ जनामा कोभिड संक्रमण, २० जनाको मृत्यु

साउन ३०, काठमाडौं।  नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१३ हजार ५ सय ७३ जनामा परीक्षण गर्दा २ हजार ६ सय २४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार काठमाडौंका ५ सय ३५, ललितपुरका १ सय ६४ र भत्तपुरका ९६ जना गरी काठमाडौं उपत्यकाका मात्रै ७ सय ९५ जना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ ।

यस्तै, मन्त्रालयका अनुसार शनिबार १ हजार ३ सय २० संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४९ हजार ४ सय ५ सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस