पनौतीमा ‘कोशेली घर’ संचालनमा, महिला उद्यमीका हस्तकला र अर्ग्यानिक खाध्यबस्तु पाईने

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३०, शनिबार मा प्रकाशित १५०३ पटक पढिएको
पनौतीमा ‘कोशेली घर’ संचालनमा, महिला उद्यमीका हस्तकला र अर्ग्यानिक खाध्यबस्तु पाईने

साउन ३०, काभ्रे। महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका बस्तुहरुको प्रवर्धन गर्ने उद्देश्यले पनौतीमा ‘कोशेली घर’ संचालनमा ल्याईएको छ।

पनौती नगरपालिकाको सहयोगमा गृह श्रमिक ब्रम्हायणी महिला समूह पनौतीले उक्त ‘कोशेली घर’ शुक्रबारबाट संचालनमा ल्याएको हो। पनौती नगरपालिका वडा नम्बर-७ को बजार क्षेत्रमा संचालनमा ल्याईएको उक्त कोशेली घरमा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाक बस्तुक साथै ग्रामिण क्षेत्रमा उत्पादन भएका अर्ग्यानिक तरकारी तथा खाध्यबस्तुहरु बिक्रीमा राखिएको समुहका अध्यक्ष शान्ता लक्ष्मी ताम्राकारले जानकारी दिनुभयो।

कार्यक्रमा बोल्दै पनौती नगरपालिकाक उप-प्रमुख गीता बन्जाराले महिला दीदी बहिनीहरुले मिहेनतका साथ तयार गरेको हस्तकलाका सामानहरु विक्री वितरण गर्ने उद्देश्यले संचालनमा ल्याईएको कोशेली घरले महिला उद्यमीहरुलाई राहत हुने बताउनुभयो। उप-प्रमुख बन्जाराले यस्ता कार्यक्रमका लागी नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्नुभयो।

यस्तै कार्यक्रममा गृह श्रमिक सरोकार समाजका अध्यक्ष प्रभा पोखरेल, पनौती नगरपालिका महिला बिकाश शाखा प्रमुख लक्ष्मी पोखरेल, गृह श्रमिक महिला समूह पनातिका उपध्यक्ष मिता कर्माचार्य, पनौती नगरपालिका वडा नम्बर-७ का महिला सदस्य शुवर्ण मैयाले शुभकामना मन्तब्य राख्नुभएको थियो।

गृह श्रमिक ब्रम्हायणी महिला समूहका अध्यक्ष शान्ता लक्ष्मी ताम्राकारको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महिला समूहका सचिव मुना कर्माचार्यले गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस