काभ्रेमा आज ४३ जना संक्रमित थपिए, ५२ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३१, आईतबार मा प्रकाशित ११०१ पटक पढिएको
काभ्रेमा आज ४३ जना संक्रमित थपिए, ५२ जना निको भए

साउन ३१, काभ्रे। काभ्रेमा आज ४३ जना नयाँ संक्रमित थपिएका छन्। आजे जिल्लाभर ५२ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ६३४ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ४३ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ११ जना, धुलिखेलमा १७ जना, पनौतीमा २, पाँचखालमा ६, नमोबुद्धमा १ जना, तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ३, बेथानाचोकमा ३ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ५८२ पुगेको कार्यालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा धुलिखेल अस्पतालमा सिन्धुलीका ६६ वर्षीय महिलाको उपचार करमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस