काभ्रेमा आज १ हजार ५३८ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३१, आईतबार मा प्रकाशित १०१४ पटक पढिएको
काभ्रेमा आज १ हजार ५३८ जनाले लगाए कोरोना बिरुद्धको खोप

साउन ३१, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (आईतबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा १ हजार ५३८ जनाले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनीकाको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार भेरोसेलको दोश्रो दोज लगाउनेको संख्या ६१२ रहेको छ। जसमध्ये खानीखोला गाउँपालिकामा १८२ जना, रोशीमा १२६, मण्डनदेउपुर नगरपालिकामा १०८, चौरीदेउरालीमा ९७, बनेपामा ७०, तेमालामा १६, बेथानाचोकमा १२, महाभारतमा १ जना रहेका छन् ।

यस्तै, आज कोभिसिल्डको दोश्रो डोज ५७ जनाले लगाएका छन्। जसमध्ये खानीखोला गाउँपालिकामा ३६ जना, बेथानाचोकमा १४,  चौरीदेउरालीमा ७ जना रहेका छन् ।

यसैगरी ८४१ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। जसमध्ये खानीखोला गाउँपालिकामा ३९६, महाभारतमा ४४५ जना रहेका छन्।

यस्तै एस्ट्राजेनीका खोपको पहिलो डोज २८ जनाले लगाएका छन्। खानीखोला गाउँपालिकामा २८ जनाले एस्ट्राजेनीका खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रे जनाएको छ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या १ लाख ७५ हजार ९५७ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस