अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि समिति गठन

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३१, आईतबार मा प्रकाशित ९३७ पटक पढिएको
अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि समिति गठन

साउन ३१, काठमाडौँ। सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार संयोजन गर्न समिति गठन गरेको छ ।

अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताउनुभयो। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उहँले सो कुरा बताउनुभएको हो।

समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति गठन भएको र समितिले आइतबारदेखि नै काम अघि बढाएको उहाँले बताउनुभयो।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेवसाइटमा अनलाइन रजिस्ट्रेशनको व्यवस्था समेत गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उद्धारसँग सम्बन्धित सम्पर्कका लागि लागि भाइबर ह्वाट्स एप सुविधासिहतकाे मोबाइल नम्बरको समेत व्यवस्था गरिएको र सो मार्फत आफ्नो अवस्थाका बारेमा जानकारी गराउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले अफगानिस्तानमा विकसित पछिल्लो घटनाकक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ‘ट्राभल एडभाइजरी’ समेत जारी गरिएको जनाएको छ ।

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले त्यहा कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दै सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस