विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा सर्वोच्चमा निवेदन

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित ४५१ पटक पढिएको
विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा सर्वोच्चमा निवेदन

साउन ३२, काठमाडौं। आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गर्नुभएको छ ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो ।

उहाँको निवेदनको सुनुवाइ पर्सि बुधवारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस