थप ३ हजार ४५१ जनामा काेराेना पुष्टि, ३५ सङ्क्रमितकाे ज्यान गयाे

२ हजार ४५८ जना निको भए
नौलो समाचार संवाददाता
२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित ४१८ पटक पढिएको
थप ३ हजार ४५१ जनामा काेराेना पुष्टि, ३५ सङ्क्रमितकाे ज्यान गयाे

साउन ३२, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९३ जनाको पीसीआर र पाँच हजार पाँच सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १० हजार आठ सय ५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८५ हजार एक सय ४० पुगेको छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय २७ जना पुगेको छ ।

यस्तै अहिले नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९५ जनाको आईसीयू र एक सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस