काभ्रेमा आज १ हजार ३०३ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित ८४१ पटक पढिएको
काभ्रेमा आज १ हजार ३०३ जनाले लगाए कोरोना बिरुद्धको खोप

साउन ३२, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (सोमबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा १ हजार ३०३ जनाले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनीकाको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज भेरोसेलको दोश्रो दोज लगाउनेको संख्या ७७३ रहेको छ। जसमध्ये पनौती नगरपालिकामा ५१२ जना, खानीखोला गाउँपालिकामा ११२ जना, रोशीमा २०, बनेपामा ५२, नमोबुद्धमा ४९, बेथानाचोकमा १४, महाभारतमा १४ जना रहेका छन् ।

यस्तै, आज कोभिसिल्डको दोश्रो डोज ५७ जनाले लगाएका छन्। जसमध्ये  बनेपा नगरपालिकामा ३३ जना, खानीखोला गाउँपालिकामा ८ जना, नमोबुद्धमा १४, बेथानाचोकमा २ जना रहेका छन् ।

यसैगरी २५० जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। जसमध्ये खानीखोला गाउँपालिकामा १६५, महाभारतमा १७, भुम्लुमा ६८ जना रहेका छन्।

यस्तै एस्ट्राजेनीका खोपको पहिलो डोज २२३ जनाले लगाएका छन्। भुम्लु गाउँपालिकामा १७९, खानीखोलामा ४४ जनाले एस्ट्राजेनीका खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रे जनाएको छ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या १ लाख ७७ हजार २६० जना रहेको छ।


प्रतिक्रिया दिनुहोस