अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

नौलो समाचार संवाददाता
२०७८ भाद्र १, मंगलबार मा प्रकाशित ८२३ पटक पढिएको
अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

भदौ १, काठमाडौँ। अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् ।

अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा १२७ जना नेपाल आइपुगेका हुन् ।

नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस