काभ्रेमा सक्रिय संक्रमित घट्दै, आज ९१ जना निको हुदा, ४२ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ भाद्र १, मंगलबार मा प्रकाशित ४८४ पटक पढिएको
काभ्रेमा सक्रिय संक्रमित घट्दै, आज ९१ जना निको हुदा, ४२ संक्रमित थपिए

भदौ १, काभ्रे। काभ्रेमा आज ९१ जना संक्रमित उपचार पछी निको भएका छन्। आजै जिल्लाभर ४२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ५४४ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ४२ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, धुलिखेलमा ९ जना, पनौतीमा ४, नमोबुद्धमा १, मण्डनदेउपुरमा ५ जना, तथा एन्टीजेन परिक्षणबाट बनेपामा ६ जना, पाँचखालमा ७, नमोबुद्धमा ३, बेथानाचोकमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ६६५ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस