काभ्रेमा आज ७ हजार २४८ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र १, मंगलबार मा प्रकाशित ५६८ पटक पढिएको
काभ्रेमा आज ७ हजार २४८ जनाले लगाए कोरोना बिरुद्धको खोप

भदौ १, काभ्रे। काभ्रेमा कोरोना बिरुद्धको खोप लगाउने क्रम आज पनि जारी रहेको छ। आज (मंगलबार) जिल्लाको विभिन्न पालिकामा गरी जम्मा ७ हजार २४८ जनाले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनीकाको खोपको पहिलो र दोस्रो डोज लगाएका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज एस्ट्राजेनीकाको पहिलो डोजको खोप लगाउनेको संख्या ६ हजार ९९६ रहेको छ। जसमध्ये धुलिखेल नगरपालिकामा ४२७७ जना, बनेपामा २५९०, स्पाईनल इन्जुरिमा १२९ जनाले खोप लगाएका छ।

यस्तै, आजै भेरोसेल खोपको पहिलो डोज ९० जनाले खानीखोला गाउँपालिकामा लगाएका छन्।

यस्तै, भेरोसेल खोपको दोश्रो डोज लगाउनेको संख्या १६० रहेको छ। जसमध्ये नमोबुद्धमा १४ जना, चौरिदेउरालीमा १०, तेमालामा ३४, खानीखोलामा १४, मण्डनदेउपुर ४४, रोशीमा ४४ जना रहेका छन् ।

यसैगरी, स्पाईनल इन्जुरिमा कोभिसिल्डको खोप २ जनाले लगाएको स्वास्थ्य कार्यालय काभ्रे लानाएको छ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनीकाको खोप लगाउनेको संख्या १ लाख ८४ हजार ५३३ जना रहेको छ।


प्रतिक्रिया दिनुहोस