भदौ २, काठमाडौं। नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज (बुधवार) निर्वाचन आयाेगमा नयाँ पार्टी दर्ता गरेको हो।
पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब राख्ने निर्णय भएको नेपाल पक्षका नेता तथा सांसद मेटमणि चौधरीले जानकारी दिनुभयो।
मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेपाल समूहले नयाँ दल दर्ता गरेको हो।
प्रतिक्रिया दिनुहोस