काभ्रेमा संक्रमित भन्दा निको हुने बढे, आज ८३ जना निको हुदा, ५४ संक्रमित थपिए

३ जनाको मृत्यु 
नौलो समाचार संवाददाता
२०७८ भाद्र २, बुधबार मा प्रकाशित ४३६ पटक पढिएको
काभ्रेमा संक्रमित भन्दा निको हुने बढे, आज ८३ जना निको हुदा, ५४ संक्रमित थपिए

भदौ २, काभ्रे। काभ्रेमा आज ८३ जना संक्रमित उपचार पछी निको भएका छन्। आजै जिल्लाभर ५४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ५१३ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ८३ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ६ जना, धुलिखेलमा १४ जना, पनौतीमा १६, नमोबुद्धमा १, पाँचखालमा ३, तेमालामा १ जना, तथा एन्टीजेन परिक्षणबाट बनेपामा ५ जना, भुम्लुमा ३, धुलिखेलमा १, रोशीमा ४ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ७२० पुगेको कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु 

पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पनौती -४ का ७३ वर्षीय महिला र तेमाल-८ का ६३ वर्षीय महिलाको धुलिखेल अस्पतालमा तथा नमोबुद्ध-५ का ८७ वर्षीय पुरुषको नमोबुद्ध अईसोलेसनमा बसिरहेको अवस्थामा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस