काभ्रेमा आज ६९ जना संक्रमित थपिदा ८० जना निको भए

नौलो समाचार संवाददाता
२०७८ भाद्र ३, बिहिबार मा प्रकाशित ३९१ पटक पढिएको
काभ्रेमा आज ६९ जना संक्रमित थपिदा ८० जना निको भए

भदौ ३, काभ्रे। काभ्रेमा आज ६९ जना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ८० जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ५०२ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ६९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १२ जना, धुलिखेलमा १५ जना, पनौतीमा ११, नमोबुद्धमा २, पाँचखालमा १, बेथानचोकमा २, भुम्लुमा ५ जना, तथा एन्टीजेन परिक्षणबाट बनेपामा ७ जना, नमोबुद्धमा ४, बेथानचोकमा ६,  धुलिखेलमा १, तेमालामा २ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ७८९ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस