३ हजार ७५ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र ३, बिहिबार मा प्रकाशित ४३३ पटक पढिएको
३ हजार ७५ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु

भदौ ३, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस