काभ्रेमा आज ६० जना संक्रमित थपिदा १७ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार मा प्रकाशित ३३८ पटक पढिएको
काभ्रेमा आज ६० जना संक्रमित थपिदा १७ जना निको भए

भदौ ४, काभ्रे। काभ्रेमा आज ६० जना संक्रमित थपिएका छन्। आजै जिल्लाभर १७ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ५४५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित बढेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ६० जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ७ जना, धुलिखेलमा १५ जना, पनौतीमा १३, नमोबुद्धमा १, पाँचखालमा २, मण्डनदेउपुरमा २, जना, तथा एन्टीजेन परिक्षणबाट बनेपामा ९ जना, नमोबुद्धमा ५, पाँचखालमा ५, रोशीमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ८४९ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस