काभ्रेमा आज १० जना संक्रमित थपिदा १३ जना निको भए

५१९ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र ५, शनिबार मा प्रकाशित ३७६ पटक पढिएको
काभ्रेमा आज १० जना संक्रमित थपिदा १३ जना निको भए

भदौ ५, काभ्रे। काभ्रेमा आज ६० जना संक्रमित थपिएका छन्। आजै जिल्लाभर १७ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ५४२ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १० जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट पनौतीमा २, बेथानाचोकमा १, भुम्लुमा १ जना था एन्टीजेन परिक्षणबाट बनेपामा ४, रोशीमा १, नमोबुद्धमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ८५९ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

जिल्लाभर आज ५१९ जनाले कोरोना बिरुद्दको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार  हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी १ लाख ८६ हजार ६६३ जनाले खोप लगाएका छन् ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस