काभ्रेमा आज ३७ जना निको हुदा, ६ जना संक्रमित थपिए, ३ जनाको मृत्यु 

नौलो समाचार संवाददाता
२०७८ भाद्र ६, आईतबार मा प्रकाशित ४५२ पटक पढिएको
काभ्रेमा आज ३७ जना निको हुदा, ६ जना संक्रमित थपिए, ३ जनाको मृत्यु 

भदौ ६, काभ्रे। काभ्रेमा आज ६० जना संक्रमित उपचार पछी निको भएका छन् । आजै जिल्लाभर ६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ५११ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १० जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेल नगरपालिकामा १ जना, भुम्लुमा १, तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा १, बनेपामा १, नमोबुद्धमा २ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ८६७ पुगेको कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु 

काभ्रेमा पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। नमोबुद्धमा ७८ वर्षीय, मण्डनदेउपुरका ७६ वर्षीय पुरुष र भक्तपुरका ६० वर्षीय महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

कोरोना बिरुद्दको खोप

जिल्लाभर आज ९१ जनाले कोरोना बिरुद्दको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी १ लाख ८६ हजार ७५४ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस