देशभर १ हजार ९२० कोरोना संक्रमित थपिए, २४ को मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र ६, आईतबार मा प्रकाशित ३५० पटक पढिएको
देशभर १ हजार ९२० कोरोना संक्रमित थपिए, २४ को मृत्यु

भदौ ६, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ४४३ जनाको पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस