काभ्रेमा सक्रिय संक्रमित घटे, आज ५४ जना निको हुदा, ९ जना संक्रमित थपिए

१ हजार ६० जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र ७, सोमबार मा प्रकाशित ३९४ पटक पढिएको
काभ्रेमा सक्रिय संक्रमित घटे, आज ५४ जना निको हुदा, ९ जना संक्रमित थपिए

भदौ ७, काभ्रे। काभ्रेमा आज ५४ जना संक्रमित उपचार पछी निको भएका छन् । आजै जिल्लाभर ९ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ४६६ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३ जना, धुलिखेल  १ जना, तथा एन्टीजेन परिक्षणबाट मोबुद्धमा २ जना, रोशीमा १, बेथानचोकमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १३ हजार ८१४ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

जिल्लाभर आज १ हजार ६० जनाले कोरोना बिरुद्दको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी १ लाख ८७ हजार ७५४ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

 


प्रतिक्रिया दिनुहोस