पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति नेविसंघद्वारा घोर भर्त्सना, तत्काल फिर्ता गर्न माग

नौलो समाचार संवाददाता
२०७८ भाद्र ८, मंगलबार मा प्रकाशित ८४८ पटक पढिएको
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति नेविसंघद्वारा घोर भर्त्सना, तत्काल फिर्ता गर्न माग

भदौ ८, काठमाडौं। नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरि गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्नुभएको हो ।

तिमल्सीनाले उपभोक्तो चरम पीडा खपिरहेको समयमा गरिएको मूलयवृद्धि तत्काल फिर्ता लिन मागसमेत गर्नुभएको छ । स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक-पटक गरिएको मुल्यवृद्धि जनबिरोधी कार्य भएको नेविसंघको ठहर छ ।

नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ भने खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरेको छ ।


प्रतिक्रिया दिनुहोस