पनौतीमा आज १ हजार १३ बिद्यार्थीसहित ३ हजार ८ जनाले लगाए कोरोना बिरुद्धको खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र ८, मंगलबार मा प्रकाशित ४७१ पटक पढिएको
पनौतीमा आज १ हजार १३ बिद्यार्थीसहित ३ हजार ८ जनाले लगाए कोरोना बिरुद्धको खोप

भदौ ८, काभ्रे। पनौती नगरपालिकाभर आज ३ हजार ८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन्। जसमध्ये १ हजार १३ जना बिद्यार्थीले पनि कोरोना बिरुद्धको खोप लगाएका छन्।

पनौती नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार नगरपालिकाका विभिन्न वडामा गरी ६७६ जना छात्रा र ६३७ छात्र गरी जम्मा १ हजार १३ जना बिद्यार्थीले भेरोसेलाको पहिलो मात्राको खोप लगाएका हुन्।

यस्तै, भेरोसेलाको दोश्रो मात्रा लगाउनेको संख्या २ हजार १९५ जना रहेको छ। नगर क्षेत्रका विभिन्न वडाका तोकिएका खोप केन्द्रमा १ हजार ३० जना महिला तथा १ हजार ६५ जना पुरुषले भेरोसेलाको दोश्रो मात्राको खोप लगाएका हुन्।

कोरोना बिरुद्धको खोप लगाउन नगर क्षेत्रका नगरिकरको उपस्थिति उत्साहजनक रहेको नौती नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस