काठमाडौंमा अब ८ बजेपछि सवारी सञ्चालन गर्न पाईने

नौलो समाचार संवाददाता
२०७८ भाद्र ८, मंगलबार मा प्रकाशित ३७८ पटक पढिएको
काठमाडौंमा अब ८ बजेपछि सवारी सञ्चालन गर्न पाईने

भदौ ८, काठमाडौं। काठमाडौं उपत्यकामा राति ८ बजेपछि निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन पाईने भएको छ। यसअघि काठमाडौं उपत्यकामा राति ८ बजेपछि निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाइएको थियो।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्दै सवारी साधन सञ्चालनमा लगाएको रोक हटाएको हो। भोलिदेखि राति पनि सवारी साधन सञ्चालन गर्न पाइने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो।

सरकारले राति ८ बजेपछि निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएपछि यसको सबै क्षेत्रबाट विरोध भएको थियो।

निषेधाज्ञा भने १० दिन

कोभिड-१९ संक्रमणको जोखिम कम नभएको भन्दै निषेधाज्ञा भने १० दिन थपिएको छ। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १६ भदौसम्म निषेधाज्ञा थपेको हो। पुरानै नियमलाई यथावत् राख्दै भदौ १६ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गरिएको हो ।

यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस