सिन्धुपाल्चोक ठोकर्पामा बस दुर्घटना, २ जनाको मृत्यु, ४१ घाइते

नौलो समाचार संवाददाता
२०७८ भाद्र ९, बुधबार मा प्रकाशित ६१९ पटक पढिएको
सिन्धुपाल्चोक ठोकर्पामा बस दुर्घटना, २ जनाको मृत्यु, ४१ घाइते

भदौ ९, सिन्धुपाल्चोक (ठोकर्पा)। सिन्धुपाल्चोक ठोकर्पामा यात्रु बाहक बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४१ यात्रु  घाइते छन्।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा २ जनाको घटनास्थलमा सोहि बसले थिचेको अवस्थामा उद्धार गरी धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु भएको हो।

ठोकर्पाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रुबस सुनकोशी गाउँपालिका ३ कालिकास्थित मिलडाँडा नजिकै थापगाउँको घुम्तीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठुलो दुर्लुङ घर भएका बर्ष अन्दाजी ४०/४५ को पुरुष राजन बराम र उमेर अंदाजी २०/२२ को पुरुष सनाखत हुन बाकि रहेको बस्नेतले जानकारी दिनुभयो।

बस्नेतका अनुसार दुर्घटनामा ४१ घाइते भएका छन् । १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा , १ जना मध्यपुर ठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस